धनगढीको ऐश्वर्यमा अनेरास्ववियुको प्यानलै विजयी

  सोमबार ०६, चैत २०७९ ०९:२२

धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ।

सो क्याम्पसमा अनेरास्ववियुको कुबेर खड्का नेतृत्वको टिम नै विजयी भएको अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोज राइले जानकारी दिए।

सभापतिमा कुबेर खड्का विजयी भएका छन् भने उप-सभापतिमा कमल न्यौपाने, सचिवमा दिपेन्द्र भट्ट, उप-सचिवमा हेमन्त महर, कोषाध्यक्षमा सुदासन चौधरी निर्वाचित भएका छन ।

यस्तै सदस्यहरुमा शरद बराल, उमेश बम, मिना कुमारी जोशी, प्रदीप खड्का, दिपक जोशी, दिपकराज जोशी र आशा बिष्ट विजयी भएको उनले बताए।

उनका अनुसार यहाँ प्रतिस्पर्धामा रहेको नेविसंघको टिम भने पराजित बनेको छ।

clock सोमबार ०६, चैत २०७९ ०९:२२

प्रतिक्रिया