कैलालीमा अनेरास्ववियुले खाता खोल्यो, खप्तडमा प्यानलै विजयी

  आइतबार ०५, चैत २०७९ १९:३९

धनगढी । कैलालीमा नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ। 

आज सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले कैलालीस्थित मसुरियाको खप्तड बहुमुखी क्याम्पसबाट विजयी सुरुवात गरेको हो।

अनेरास्ववियुका पुस्करराज अवस्थी ११७ मतसहित विजयी भएको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जानकारी दिए। 

उनका अनुसार त्यहाँ अनेरास्ववियुको प्यानल नै विजयी भएको हो।

clock आइतबार ०५, चैत २०७९ १९:३९

प्रतिक्रिया