ग्यालेक्सी कलेजद्वारा आयोजित विजनेस क्विजमा ग्यालेक्सी मा.वि प्रथम

  शनिबार ०५, फागुन २०८० २०:०३

धनगढी । ग्यालेक्सी बहुमुखि क्याम्यस धनगढीले आयोजना गरेको विजनेस क्विज सम्पन्न भएको छ।

शनिवार क्याम्पसमा आयोजना गरिएको माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धनगढीका ७ ओटा विद्यालयको सहभागिता रहेको थियो। जसमध्ये १६ अंक सहित ग्यालेक्सी माध्यमिक विद्यालय प्रथम भएको छ।

त्यस्तै १२ अंकसहित नास्ट माध्यमिक विद्यालय दोस्रो र ११ अंक सहित ऐश्वर्य विद्या निकेतन तेस्रो भएका छन्। प्रतिस्पर्धामा सुदुरपश्चिमाञ्चल एकेडेमीले ९ अंक, धनगढी नमुना माध्यमिक विद्यालयले ८, एलायन्स माध्यमिक विद्यालयले ७ र त्रिनगर माध्यमिक विद्यालयले ६ अंक प्राप्त गरे। 

धनगढी उपमहानगरपालिकाका कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि उक्त प्रतियोगिता आयोजना गरिएको क्याम्पसका अनुसन्धान व्यवस्थापक दिनेस पौडेलले बताए।

त्यसैगरी क्याम्पस प्रमुख जयदत्त भट्टले यस्ता खालका क्रियाकलापले विद्यार्थीहरुको व्यवहारिक क्षमता बढाउनुका साथै, बोर्ड परिक्षामा समेत सघाउने बताए।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ७ हजार, द्वितीयलाई ५ हजार र तृतियलाई ३ हजार पुरस्कार प्रदान गरिने छ। पुरस्कार भने ७ गते ग्यालेक्सी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा वितरण गरिने छ।

clock शनिबार ०५, फागुन २०८० २०:०३

प्रतिक्रिया