धनगढीमा कक्षा ८ को नतिजामा सामुदायिक तर्फ पञ्चोदय पहिलो, त्रिभुवन दोस्रो

  शनिबार ०९, बैशाख २०८० ०६:१४

धनगढी। धनगढी उपमहानगरपालिकाले आफ्नै निगरानीमा गरेको आधारभूत तह (कक्षा ८) को परीक्षा र मूल्यांकनमा वडा नम्बर ५ मा रहेको पञ्चोदय मावि पहिलो र वडा नम्बर ३ मा रहेको त्रिभुवन मावि दोस्रो भएको छ। पञ्चोदय मावि हसनपुर धनगढीका राम्रो विद्यालय हो।

यसपालीको नतिजामा यस विद्यालयमा सबैभन्दा बढी ५१ प्रतिशत विद्यार्थी पास भएका छन्। पञ्चोदयबाट २३५ जनाले आधारभूत तहको परीक्षा दिएकोमा १२१ जना विद्यार्थी पास भएका छन्।‘पालिका भरमा यो नतिजा पहिलो हो’ धनगढी उपमहानगरपालिकाका विद्यालय निरीक्षक अकबर चन्दले भने। यस्तै धनगढीको वडा नम्बर ३ मा रहेको त्रिभुवन मावि दोस्रो भएको छ। यस विद्यालयबाट ८२ जनाले आधारभूत तहको परीक्षा दिएकोमा २४ जना पास भएका छन। यो २९ प्रतिशत नतिजा हो।

पञ्चोदय मावि र त्रिभुवन माविमा अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ। सामुदायिक विद्यालय तर्फ वडा नम्बर १६ मा रहेको शिव मावि रामपुरको १३ प्रतिशत, वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय मावि कैलालीगाउँको १२ प्रतिशत र वडा नम्बर १४ मा रहेको पञ्चोदय मावि बी गाउँको १० प्रतिशत नतिजा आएको छ। यी विद्यालयहरू क्रमशः तेस्रो चौथो र पाँचौ भएका छन्। शिव मावि रामपुरमा २३ जनामा ३ जना (१३ प्रतिशत), जनता राष्ट्रिय माविमा ३४ जनामा ४ जना (१२ प्रतिशत) र पञ्चोदय मावि बिगाउँमा ३० जनाले परीक्षा दिएकोमा ३ जना (१० प्रतिशत) पास भएका छन्। पालिका भरी ४६ सामुदायिक विद्यालयले आधारभूत तहको परीक्षामा सहभागिता जनाएका थिए।

यस्तै धनगढीका आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयका २र२ जना विद्यार्थी मात्रै पास भएका छन्। धनगढी–२ को उत्तरबेहडीमा रहेको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयका ४८ जना विद्यार्थीमा २ जना, धनगढी–३ बिशानगरको जनता आधारभूत विद्यालयका ३१ मा २ जना र धनगढी ५ तारानगरको राष्ट्रिय आधारभूत विद्यालयका २४ विद्यार्थीमा २ जना मात्रै पास भएका छन्।

वडा नम्बर १५ उर्माको शिवगङ्गा आधारभूत विद्यालयबाट ४८ जना र धनगढी १८ को चन्द्रोदय माध्यमिक विद्यालयका ४२ जना परीक्षामा पनी २र२ जना मात्रै पास भएका छन्। वडा नम्बर १९ आई गाउँको जनप्रिय आधारभूतका ४६ विद्यार्थीमा २ जना, वडा नम्बर १५ उर्माको राष्ट्रिय माध्यमिक विद्यालयका ३२ विद्यार्थीमा र वडा नम्बर १२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयका ६१ विद्यार्थीमा केबल २ जना पास भएका छन्।यी बाहेकका कुनै पनि सामुदायिक विद्यालयले दोहोरो अंकको प्रतिशतमा नतिजा ल्याउन सकेका छैनन्।

clock शनिबार ०९, बैशाख २०८० ०६:१४

प्रतिक्रिया