धनगढीको त्रिनगरमामा एसईई आइडलको २५औं अडिसन सम्पन्न

  शुक्रबार २६, माघ २०८० २०:४०

धनगढी । आज कैलालीको धनगढीमा प्रदेश युवा परिषद् एसईई आइडल तेस्रो संस्करणको २५ औं अडिसन सम्पन्न भएको छ । धनगढी बजारको मेनरोडमा अवस्थीत त्रिनगर मा.वि.मा आज आइडलको २५औं अडिसन सम्पन्न हो । अडिसनमा ७ जनाले गायन र ६ जनाले नृत्य गरि कूल १३ जनाले आफ्नो प्रतियोगितात्मक प्रस्तुती पस्केका छन् ।

अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका नि:शुल्क रुपमा वितरण गरिएको थियो । अब यस हप्ताबाट पहाडी जिल्लामा पनि अडिसन आयोजना हुने भनिएकोमा आउँदो हप्ताबाट पहाडी जिल्लामा कार्यक्रम अगाढी बढ्नेछन् ।

पहिलो चरणमा अछामको साँफेबगरमा रहेको जनकल्याण मा.वि. र बाजुराको मार्तडीमा रहेको मालिका नमूना मा.वि. मा अडिसन आयोजना हुनेछन् । एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् ।

यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ । मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।

clock शुक्रबार २६, माघ २०८० २०:४०

प्रतिक्रिया