भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक एसपीए र केएमसी भिड्ने

  बिहिबार २५, माघ २०८० २०:१२

धनगढी । धनगढीमा जारी खुल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक एसपीए र केएमसी भिड्ने भएका छन् । 

सुदूरपश्चिमाञ्चल क्याम्पसको विद्यार्थी परिषद्को आयोजनामा खुल्ला क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि धनगढी कै दुवै क्याम्पस भिड्ने भएका हुन। 

प्रतियोगितामा आयोजक एसपीएले लीटील बुद्ध एकेडेमीलाई हराउँदै फाइनलमा पुगेको हो भने कैलाली बहुमुखी क्याम्पसले जयपृथिवि क्याम्पसलाई हराउँदै उपाधि नजिक पुगेको हो । 

"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद"  भन्ने नाराका बोकेको जारी प्रतियोगिता भोली अर्थात् २६ गते सम्म सम्पन्न हुनेछ। 

प्रतियोगितामा प्रथम हुने टिमले ८८ हजार ८८८, द्वितीय हुनेले टिमले ५५ हजार ५५५, तृतीय हुने टिमले १२ हजार ५५५ र विधागत १२ हजार ५५५ रुपियाँ पुरस्कार पाउने छन् । 

सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्का अध्यक्ष कृष्ण पुजाराका अनुसार प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । 

clock बिहिबार २५, माघ २०८० २०:१२

प्रतिक्रिया