सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद् द्वारा कार्यसमितिका पदाधिकारीको कार्यबिभाजन

  बुधबार ०३, माघ २०८० २१:१४

धनगढी । सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्ले कार्यसमितिका पदाधिकारीको कार्यक्रम तथा कामहरू गर्न कार्यबिभाजन गरेको छ । 

परिषद्का अध्यक्ष कृष्ण पुजाराको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम तथा काम गर्न कार्यबिभाजन गरेको हो । 

जसमा सूचना सञ्चार संयोजकमा योगेन्द्र चन्द्र र सह संयोजकका हेमराज जोशी, निरकमल उपाध्यायलाई जिम्मेवारी दिएको छ ।

यस्तै सांस्कृतिक तथा अन्य विविध कार्यक्रम संयोजकमा आयुष्मा जोशी तथा सह–संयोजकमा निलम अधिकारी, नवीन राना , गायत्री जोशी रहेका छन् ।

खेलकुद संयोजकमा ललित कुमार महतो र सह–संयोजकमा निशान्त बम, योगेन्द्र चन्द्र , गायत्री जोशी रहेका छन् । 

उता विद्यार्थी समस्या  ब्यवस्थापक संयोजकमा भुवन विष्ट रहेका छन् भने यसको सह–संयोजकमा निरकमल उपाध्याय, हेमराज जोशी , कविराज खत्री , नबिन राना, निशान्त बम रहेका छन् । 

यस्तै छात्रा समस्या ब्यवस्थापक संयोजकमा प्रतिभा शाही तथा सह–संयोजकमा आयुष्मा जोशी, निलम अधिकारीलाई जिम्मेवारी दिएको अध्यक्ष पुजाराले जानकारी दिए ।

उनका अनुसार जिम्मेवारी विभाजन गरेपछि विद्यार्थीको हकहितमा काम गर्न र विविध कार्यक्रम गर्न सहज हुने बताए । 

clock बुधबार ०३, माघ २०८० २१:१४

प्रतिक्रिया