आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटायो

  मङ्गलबार ०२, माघ २०८० ०७:०६

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ।  

निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल र पेट्रोलको मूल्य घटाएको हो।

जसअनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल ०.८३ पैसा मूल्य घटाएको आयल निगमले विज्ञप्ति जारी गरेर जनाएको छ। 

आयल निगमले मंगलवारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा १–१ रुपैयाँ घटाएर  बिक्री गर्ने निर्णय गरिएको जनाएको छ।

clock मङ्गलबार ०२, माघ २०८० ०७:०६

प्रतिक्रिया