सुदूरपश्चिम महोत्सव : विद्यालय स्तरीय नृत्य प्रतियोगितामा स्टेपिङ स्टोन प्रथम

  आइतबार ०१, पुष २०८० ०६:५६

धनगढी । सुदूरपश्चिम महोत्सवमा आयोजना गरिएको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा धनगढीको स्टेपिङ स्टोन स्कुल प्रथम भएको छ । शनिवार सम्पन्न फाइनलमा स्टेपिङ स्टोनले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

सुदूरपश्चिममा प्रदेशका विभिन्न १६ वटा विद्यालयको सहभागिता रहेको नृत्य प्रतियोगितामा सिड्लीङ जोन मन्टेश्वरीले द्धितीय स्थान प्राप्त गर्दा एलाइन्स इन्टरनेसनल स्कुलले तृतीय स्थानमा चित्त बुझायो । नृत्य प्रतियोगिताका विजेता टिमलाई महोत्सवको समापनको दिनमा पुरस्कृत गरिने आयोजकले जनाएको छ।

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा मंसिर २२ गतेदेखि जारी महोत्सवको तीन दिन थप गरिएको छ । पुस २ गते समापन हुने भनिएकोमा दर्शकको माग र समयको आवश्यकतालाई मध्यनजर गर्दै पुष ५ गते समापन गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ । 

महोत्सवमा विशेष आकर्षणको रुपमा थारु गाउँ, फोटो प्रदर्शनी,रमाइलो मेला,कृषि प्रर्दशनी रहेका छन् ।

clock आइतबार ०१, पुष २०८० ०६:५६

प्रतिक्रिया