विद्यालयमा मोबाइलको दुरुपयोग बढेको भन्दै दार्चुलाको महेन्द्र नमूनाले लगायो प्रतिबन्ध

  बिहिबार २८, मङि्सर २०८० ०६:५४

दार्चुला । दार्चुला  सदरमुकाम खलंगा स्थित  महाकाली नगरपालिक–४ मा रहेकोे महेन्द्र नमूना माध्यमिक विद्यालयमा विद्यार्थीलाई मोबाइल (फोन) प्रयोगमा प्रतिबन्ध लगाएको छ।

बुधबार देखि मोबाइल (फोन) प्रयोग गर्न प्रतिबन्द गरेको विद्यालयले जनाएको हो। 

विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीहरुले मोबाइल फोनको दुरुपयोग गरेर नकारात्मक क्रियाकलाप गर्न थालेपछि प्रतिबन्ध गरेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए।

विद्यार्थी पढाइमा ध्यान कम दिने गरेको र कक्षाकोठामा समेत मोबाइल फोनको प्रयोग बढ्न थालेपछि विद्यालय समयभित्र मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइएको उनको भनाइ छ।

विद्यालयले योभन्दा पहिले पनि मोबाइल फोनमा प्रतिबन्द गरे थियो।कोरोना महामारीका कारण खुला गरिएको फोन अहिले पुनः प्रतिबन्द गरिएको हो।

विद्यालयमा मोबाइल फोन प्रतिबन्द गरिएको बारे विद्यालयले  जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय दार्चुलालाई समेत जानकारी दिएको छ।

clock बिहिबार २८, मङि्सर २०८० ०६:५४

प्रतिक्रिया