कैलालीको भजनीमा एसईई आइडलका दुई अडिसन सम्पन्न

  बुधबार २७, मङि्सर २०८० ०६:२५

धनगढी । कैलालीको भजनीका दुई विद्यालयमा एसइइ आइडलका अडिसन भएका छन्। प्रभात मिडिया एण्ड ईभेन्टले आयोजना गरिरहेको नृत्य र गायन विधाको दुई प्रतियोगिता सकिएका हुन्।

प्रदेश युवा परिषद् एसईई आईडलको तेस्रो संस्करण अन्तर्गत महुन्याल र गोरचौडामा रहेको कृष्ण ध्वज चन्द माध्यमिक विद्यालयमा अडिसनहरु सकिएका छन्। सुदूरपश्चिमका ३० स्थानमा अडिसन हुँदैछ।

असोजदेखि फाल्गुनसम्म प्रदेशका नौ जिल्लामा अडिसन सञ्चालन हुने छ। नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरूले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन। 

आयोजकका अनुसार दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना ले २०८१ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन्।

उनीहरू मध्येबाट एकरएक जना बिजेता हुने छन। एकरएक जना उपविजेता हुनेछन्। बिजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउने आयोजकले बताएको छ।

clock बुधबार २७, मङि्सर २०८० ०६:२५

प्रतिक्रिया