बैंकर्स संघले निक्षेपको ब्याजदर वैशाखदेखि कटौती गर्ने

  बुधबार २९, चैत २०७९ १४:४६

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदरमा व्यापक कटौती गरेका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले १ वर्षे मुद्दतिको ब्याज ११ प्रतिशतबाट ९ दशमलव ९९ प्रतिशतमा झार्ने निर्णय गरेको हो । 

संस्थागत निक्षेपकर्ताको ब्याजदर ७ दशमलव ९९ प्रतिशतमा आएको छ । बचतको ब्याजदर ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतमा झारेको छ । कुल डिपोजिटको ब्याजदर २ दशमलव ७ प्रतिशतमा झारेको छ । 

अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा आगामी साउन महिनादेखि पर्ने छ । यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुनेछ ।

clock बुधबार २९, चैत २०७९ १४:४६

प्रतिक्रिया