नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुर पुगे प्रधानमन्त्री प्रचण्ड

  बिहिबार ०२, चैत २०७९ ११:५६     विश्वास खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्।

विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल शुरु हुँदै गर्दा  उनले मैदानमै पुगेर खेलाडीलाई शुभकामना दिए।

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएका हुन्।

यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि त्रिवि क्रिकेट मैदान पुगेका छन्।

clock बिहिबार ०२, चैत २०७९ ११:५६     विश्वास खबर

प्रतिक्रिया