गोदावरी नगरपालिकाले जाजरकोटर रुकुमका पिडितलाई १ लाख सहयोग गर्ने घोषणा

  शनिबार १८, कार्तिक २०८० १४:४५

अत्तरिया । भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा १ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएका हुन् ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ । 

यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ(संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न गोदावरी नगरपालिका अत्तरियाम कैलालीले सबैमा अपील समेत गरेको छ ।

गोदावरी नगरपालिका कैलालीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट लगायतका जिल्लामा ठूलो क्षति भएको जनाउँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला ह्दयले मानवीय सेवामा जुट्न समेत आग्रह गरेको छन ।

clock शनिबार १८, कार्तिक २०८० १४:४५

प्रतिक्रिया