कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा

  बिहिबार १६, कार्तिक २०८० १०:२४

काठमाडौँ ।  इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ। 

इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो । तर, जोशीलाई गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन ।

प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए ।

 ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत  गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ।

clock बिहिबार १६, कार्तिक २०८० १०:२४

प्रतिक्रिया