ठगी गरेको आरोपमा प्रहरी खोर गएका अनमोल केसी अस्पताल भर्ना

  शनिबार १३, असोज २०८० ०८:४९

काठमाडौं । आर्थिक लेनदेन विवादको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन्।

छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ। भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो।

‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन्। 

उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो।

clock शनिबार १३, असोज २०८० ०८:४९

प्रतिक्रिया