नयाँ अर्थमन्त्री आए पनि शेयर बजारमा देखिएन उत्साह

  आइतबार १९, चैत २०७९ १५:५१     विश्वास खबर

काठमाडौं । नयाँ अर्थमन्त्री प्रकाशशरण महत आएकै दिन शेयर बजारमा गिरावट आएको छ। ​आइतवार शेयर बजारको मापक नेप्से परिसूचक २० अंकले घटेको छ भने बजार १.०५ प्रतिशतले घटेर १८८८.५५ विन्दुमा झरेको छ । 

बजार घटेको दिन कालिञ्चोक दर्शन लिमिटेडले भने सबैभन्दा बढी कमाएको छ । यो कम्पनीले ९.९६ प्रतिशतले कमाएको छ । त्यसपछि बढी कमाउनेमा सिटिजन म्युचुअल फण्डले ६.१० प्रतिशतले कमाएको छ । 

आज गुमाउनेमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था सबैभन्दा अग्र स्थानमा छ । यसको शेयर मूल्य एकै दिन ९।६१ प्रतिशनले घटेको छ । यसपछि बढी गुमाउनेमा प्रभु बैंकको ऋण पत्र छ । यसले ९।६० प्रतिशतले गुमाएको छ । 

आज नेप्सेमा सूचीकृत कम्पनीमध्ये २६० वटाको ३७ लाख ८७ हजार कित्ता शेयरको कारोवार भएको छ । यसबाट ३२ हजार पटक भएको कारोवारमा १ अर्ब २० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज भएको कारोवारमा सबैभन्दा बढी गुमाउनेमा बैंकिङ समूह रहेको छ । यो समूहले १।०८ प्रतिशतले गुमाएको छ ।त्यसपछि विकास बैंक, फाइनान्स, जलविद्युत, लगानीसहतिका उपसमूहको सूचक पनि १ प्रशितभन्दा बढीले घटेको छ ।

clock आइतबार १९, चैत २०७९ १५:५१     विश्वास खबर

प्रतिक्रिया