धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आगलागी

  शुक्रबार २२, भदौ २०८० २१:२०

धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आगलागी भएको छ। आज (शुक्रवार) बेलुका क्याम्पस क्षेत्रमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करिब ८ बजेतिर क्याम्पसको बी-फ्लोरको सिढीमुनि रहेको बिजुलीको तार एक्कसी सट भएर आगो लागेको हो।

आगलागीबाट मेन स्वीच र मिटर जलेको कैलाली प्रहरीका इन्सपेक्टर लोकेन्द्र कार्कीले बताए। तर, अन्य क्षती भने नभएको प्रहरीको भनाई छ।

clock शुक्रबार २२, भदौ २०८० २१:२०

प्रतिक्रिया