धनगढीमा एसइई परीक्षा दिन गएका चार विद्यार्थीमाथि कुटपिट

  आइतबार १९, चैत २०७९ १५:२२

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१९ मा रहेको फूलवारी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिन गएका चार जना विद्यार्थीलाई स्थानीय युवाहरुको समुहले  कुटपिट गरेको हो ।

कुटपिटबाट परीक्षार्थी रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी घाइते भएका छन । परीक्षा दिएर फर्किने क्रममा उनीहरुमाथि आक्रमण भएको घाइतेका आफन्तले बताए । उनीहरुको टाउको र शरीरमा चोट लागेको छ ।

उनीहरुको अहिले धनगढीमा उपचार भइरहेको छ । घटनाको कारण खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको र आक्रमण गर्ने युवा समुहको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

clock आइतबार १९, चैत २०७९ १५:२२

प्रतिक्रिया