कैलालीको धनगढी र भजनीबाट १४ लाख ६६ हजार मुल्यका अबैध सामान जफत

  बुधबार २०, भदौ २०८० १४:३९

धनगढी । कैलालीबाट प्रहरीले करिब १४ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान जफत गरेको छ।

आज जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाइकल प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट मात्र ११ लाख बढी मुल्यका भन्सार छलीका सामान जफत गरेको हो। 

धनगढी–३ बाट करिब ११ लाख चार हजार मुल्य बराबरका मोटर पार्टस र कपडा, वडा नम्बर ४ ओमशान्ति टोलबाट करिब ९१ हजार मुल्य बराबरका कपडा जफत गरिएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको सादा पोशाकको प्रहरी गस्ती टोलीले भजनी नगरपालिका–५ कुटीबाट दुई लाख ७१ हजार मुल्य बराबरका कपडा र से. ७ प. २७५ नम्बरको मोटरसाइकल सहित गरी १४ लाख ६६ हजार मुल्य बराबरका मालसामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

clock बुधबार २०, भदौ २०८० १४:३९

प्रतिक्रिया