धनगढीका समाजसेवी पन्तद्वारा हरियाली प्रबर्द्धन कार्यक्रमलाई दुई बोट बराबर सहयोग

  बुधबार १७, साउन २०८० ११:२९

धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का समाजसेवी हेमराज पन्तले धनगढीको हरियाली प्रवर्द्धन कार्यक्रमलाई सहयोग गरेका छन् । पन्तले आफ्ना स्वर्गिय बुवा र बाजेको स्मृतिमा दोस्रो चरणको हरियाली प्रबर्द्धन कार्यक्रमलाई सहयोग गरेका छन् । 

धनगढी उप–महानगर द्वारा हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरण मैत्री बनाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रमा पन्तले २ वटा बिरुवा बराबरको सहयोग गरेका हुन्।

पन्तले आफ्ना स्व. बाजे भानु देव पन्त र स्व. बुवा देवी दत्त पन्तको स्मृतीमा सो अभियानमा १० हजार रुपैयाँको सहयोग गरेका हुन् । हरियाली प्रवर्द्धन अभियानमा साथ दिनुभएकोमा उपमहानगरपालीकाका मेयर गोपाल हमालले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। 

धनगढी उपमहानगरपालीकाद्धारा हाम्रो धनगढी हामी बनाउछौं अभियान अन्तरगथ दोस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रम चलिरहेको छ। हरियाली प्रवर्द्धन अभियानमा देश भित्र र बाहिरबाट सहयोग अभियान तिब्रगतिमा बढ्दै गएको छ । 

” हरियाली प्रर्वधनकोष”का लागि सहयोग गर्न धनगढी उप–महानगरपालिका खाता नं :-4170100305010002 राष्ट्रिय बाणिज्य बैंक २- e-banking सेवाका लागि A/c No. 30607010022604 Surendra Prasad Bhatta Global IME Bank सम्पर्क न.9858488895 ३- धनगढी उप-महानगरपालिकामा आएर नगद बुझाउन सकिनेछ।

clock बुधबार १७, साउन २०८० ११:२९

प्रतिक्रिया