अत्तरियाको रेडियन्ट ग्यासलाई ५० हजार जरिबाना

  आइतबार १४, साउन २०८० १३:३५

धनगढी । कैलालीस्थित अत्तरियाको रेडियन्ट ग्यास उद्योगलाई जरिबाना गर्ने निर्णय भएको छ। शुक्रवार उद्योगमा गरिएको अनुगमनका क्रममा ग्यास सिलिन्डरमा मापदण्डभन्दा कम र बढी ग्यास भरेको भेटिएकाले जरिबाना गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीको नेतृत्वमा गएको अनुगमन टोलीले ग्यास उद्योगले १४ दशमलव २ किलोग्राम ग्यास भर्नुपर्नेमा कुनै सिलिन्डरमा तोकिएभन्दा निकै कम र कुनै सिलिन्डरम तोकिएभन्दा बढी ग्यास भर्ने गरेको फेला पारेको हो।

बढी ग्यास भर्दा सिलिन्डर बिस्फोट हुन सक्ने जोखिम रहने र तोकिएभन्दा कम ग्यास भर्दा पनि कानूनको उल्लङ्घन गरिएको देखिएकाले ५० हजार जरिबानासहित सचेत गराउने निर्णय भएको जोशीले बताए।

clock आइतबार १४, साउन २०८० १३:३५

प्रतिक्रिया