दार्चुलाको महाकाली नदी किनारमा शव फेला, घटनास्थल पुग्दै जिल्ला प्रहरी

  बिहिबार १६, चैत २०७९ १२:२०     विश्वास खबर

दार्चुला। जिल्लाको व्याँस गाउँपालिका–६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। 

इलाका प्रहरी कार्यालय हुतीका प्रहरी नायव निरीक्षक आनसिंह भण्डारीका अनुसार बिहीबार बिहान १० बजेतिर बडुगाउँको पुलमुनि अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो।

शवको पहिचान हुन नसकेको र जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली घटनास्थल पुग्दै गरेको प्रनानी भण्डारीले बताए। ‘शव पानीमै डुबेको अवस्थामा छ,’ उनले भने, ‘जिल्लाको टोली पुग्ने बितिक्कै बाहिर झिकेर अन्य प्रकृया अगाडि बढाउछौँ।’

मृतकको पहिचान खुल्न सकेको छैन। अहिले इलाका प्रहरी कार्यालय हुती र स्थानीयबासिन्दा घटनास्थलमा छन्।
 

clock बिहिबार १६, चैत २०७९ १२:२०     विश्वास खबर

प्रतिक्रिया