धनगढीमा धमाधम अवैध मेडिकल सञ्चालन पक्राउ पर्दै, ४ जना पक्राउ

  शुक्रबार १२, साउन २०८० ०९:४०     विश्वास खबर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा अवैध मेडिकल सञ्चालन गरिरहेका ४ जना पक्राउ परेका छन्। हिजो (बिहिवार) धनगढीको वडा नम्बर २ र ३ मा सञ्चालन भएका मेडिकलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा धनगढी-३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षका दिपक महरा र धनगढी २ बस्ने रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेका छन्।

उनीहरुलाई सामाजिक मन्त्रालय स्वास्थ्य शाखाको टोली र कैलाली प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

केहि दिनअघि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक पनि अनुमति विना सञ्चालनमा रहेका पाइएको थियो। दुवै जनालाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

उनीहरुले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ।

clock शुक्रबार १२, साउन २०८० ०९:४०     विश्वास खबर

प्रतिक्रिया