अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई अवकाश दिइने

  सोमबार ०८, साउन २०८० २०:४३     विश्वास खबर

धनगढी । धनगढीका सामुदायिक विद्यालयमा कार्यरत अध्यापन अनुमतिपत्र नभएका शिक्षकहरूलाई अवकाश दिइने भएको छ।

अध्यापन अनुमतिपत्र नभएका शिक्षकहरूलाई अनिवार्य अवकाश दिन धनगढी उपमहानगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई पत्राचार गरेको छ।

धनगढी उपमहानगरपालिकाका १३ ओटा सामुदायीक विद्यालयलहरुलाई पत्र पठाउँदै अध्यापन अनुमति पत्र  नभएका शिक्षक नियुक्ति गर्ने कार्य शिक्षा ऐन विपरित भएकाले त्यस्ता शिक्षकलाई प्रक्रिया पुर्याएर अवकास दिन निर्देशन दिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीद्वारा हस्ताक्षरित पत्रमा सामुदायिक विद्यालयहरूमा नियम विपरीत अध्यापन अनुमतिपत्र  नभएका शिक्षकहरू नियुक्त भए÷नभएको यकिन गरी नियमानुसार छानबिन गरेर आवश्यक कारबाही गर्न वडा कार्यालय र सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई पत्राचार गरिएको छ।

‘विद्यालयमा शिक्षा ऐन कानून विपरीत अध्यापन अनुमति पत्र नभएका व्यक्तिहरुलाई शिक्षकमा नियुक्त गरेको भएमा त्यस्ता व्यक्तिहरुलाई नियमानुसार आवश्यक प्रक्रिया पुरा गरी अवकास गरेर शिक्षा विकास तथा समन्वय इकाइ, कैलाली र यस कार्यालयलाई तत्काल जानकारी गराउनु हुन अनुरोध छ ‘अव उप्रान्त शिक्षा सम्वद्ध ऐन कानून र प्रचलित नेपाल कानून विपरीत हुने गरी शिक्षक कर्मचारी भर्ना नगर्नु नगराउनु हुन समेत जानकारी गराइन्छ ।’

 

clock सोमबार ०८, साउन २०८० २०:४३     विश्वास खबर

प्रतिक्रिया