सिङ्गापुरमा एक्सिस विद्याश्रमलाई बेस्ट स्कुल अवार्ड

  बिहिबार ०४, साउन २०८० १७:३५

धनगढी । धनगढीको एक्सिस विद्याश्रम सिंगापुरमा बेष्ट स्कुल अवार्ड २०२३ बाट सम्मानित भएको छ । एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा एक्सिस विद्याश्रमलाई बेष्ट स्कुल प्रदान गरिएको हो ।

सिंगापुरमा आयोजित एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ मा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सञ्चालक तथा स्कुलहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्तलाई बेष्ट स्कुल अवार्डद्धारा प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा कैलाली मोडेल माविका प्रधानअध्यापक तपेन्द्र सिंह, मालिका ईंग्लिश स्कुलका प्रिन्सिपल सिबी चन्द र एक्सिस विद्याश्रमकी प्रिन्सिपल पन्त सहित धनगढीका तीन जना विद्यालय सञ्चालक तथा प्रिन्सिपल सम्मानित भएका थिए ।

सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो। चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपालभरीबाट छनोटमा परेका विभिन्न  स्कुल, कलेज, तथा स्कुल सन्चालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर कदर गर्दै अवार्ड प्रदान गरेको हो । 

एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले ५०० भन्दा बढी स्कुलहरु मध्येबाट शिक्षा क्षेत्रमा विकासमा उत्कृष्ट योगदान पुर्याएका ३३ वटा स्कुल तथा स्कुल सन्चालकहरुलाई छनोट गरी सम्मान  गरिएको बताए ।

clock बिहिबार ०४, साउन २०८० १७:३५

प्रतिक्रिया