दार्चुलाका स्थानिय तहको ४२ करोड बढी विकासे बजेट फ्रिज

  बुधबार ०३, साउन २०८० १४:००

दार्चुला । दार्चुलाका स्थानिय तहको ४२ करोड बढी बिकासे बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका अनुसार जिल्लाका नौ वटै स्थानिय तहमा संघ र प्रदेशबाट प्राप्त बिकासे बजेट रकमबाट ४२ करोड १४ लाख ३१ हजार ४६४ रुपैया फ्रिज भएको हो ।

संघ सरकारबाट सर्सत अनुदान, समपुरक अनुदान र विषेश अनुदान शिर्षकबाट प्राप्त रकम र प्रदेश सरकारबाट समपुरक अनुदान र विषेश अनुदान शिर्षकबाट प्राप्त बिकासे बजेट रकम ३ अर्ब ५७ करोड ९४ लाख ३० हजार ६३४ रुपैया मध्ये ४२ करोड १४ लाख ३१ हजार ४६४ रुपैया (फ्रिज) अर्थात फिर्ता गएको दार्चुलाका कोष तथा लेखा नियन्त्रक जगन्नाथ भट्टले जानकारी दिए ।

जिल्लाको शैल्यशिखर नगरपालिकामा संघ सरकारबाट प्राप्त ४९ करोड ८३ लाख १ हजार, तथा प्रदेश सरकारबाट प्राप्त २ करोड १० लाख ७२ हजार मध्ये ८ करोड १८ लाख १७ हजार ८५३ रुपैया बिकासे बजेट फ्रिज भएको छ ।

यस्तै महाकाली नगरपालिकामा संघ र प्रदेश सरकारबाट प्राप्त कुल बिकासे बजेट ५१ करोड ८२ लाख ३२ हजार ५७४ मध्ये ५ करोड ८८ लाख ८३ हजार १४५ रुपैया फ्रिज भएको छ । ब्याँस गाउँपालिकामा प्राप्त रकम ३५ करोड ९५ लाख १८ हजार रकम मध्ये ६ करोड २६ लाख ८३ हजार ५८१ फ्रिज भएको छ, भने नौगाड गाउँपालिकालाई प्राप्त ३७ करोड ४१ लख ४३ हजार ७६० रुपैया मध्ये २ करोड ७८ लाख २ हजार ८९५ रुपैया फ्रिज भएको छ ।

यसैगरी मार्मा गाउँपालिकालाई प्राप्त ३८ करोड ९७ लाख ३२ हजार ९०० मध्ये ३ करोड ३७ लाख ४२ हजार ७७३ रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रक भट्टले बताए ।

जिल्लाको दुहुँ गाउँपालिकालाई प्राप्त ३० करोड ९७ लाख ७० हजार ५०० मध्ये ४ करोड ६८ लाख ९५ हजार ३६५ रुपैया फ्रिज भएको छ, भने अपिहिमाल गाउँपालिकालाई प्राप्त २६ करोड ३५ लाख ७३ हजार २०० रुपैया मध्ये ३ करोड २ लाख ६ हजार ४३० रुपैया फ्रिज भएको छ ।

लेकम गाउँपालिकालाई प्राप्त ३५ करोड ९४ लाख ४९ मध्ये ४ करोड ५८ लाख ९३ हजार ५२७ रुपैया फ्रिज भएको छ । बिकासे बजेट रकम फ्रिज हुनुमा समयमै निकासा नआउनु, योजनाहरु कार्यान्वयन नहुनु लगायतका कारणहरु रहेको ब्याँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले जानकारी दिए ।

clock बुधबार ०३, साउन २०८० १४:००

प्रतिक्रिया