बैतडीमा भीरबाट लडेर युवकको मृत्यु

  मङ्गलबार १४, चैत २०७९ १३:१०

बैतडी । बैतडीमा भीरबाट एक युवकको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति घर फर्किने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको हो । उनका १० महिने छोरा र श्रीमती छन् ।

clock मङ्गलबार १४, चैत २०७९ १३:१०

प्रतिक्रिया