बर्दगोरियाका वडाहरूबाट झण्डै ६० लाख राजस्व सङ्कलन

  शनिबार ३०, असार २०८० ०७:४८

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाका वडाहरूबाट चालु आर्थिक वर्ष २०७९्/८० मा मात्रै आधा करोड बढी राजस्व सङ्कलन भएको छ ।

पालिकाका ६ वटा वडाबाट असार २८ गते सम्म एकीकृत सम्पत्ति कर र अन्य सेवा शुल्क मार्फत ५८ लाख ५४ हजार ४ सय ७६ रुपैयाँ सङ्कलन भएको हो ।

६ वडा मध्ये सबै भन्दा बढी वडा नम्बर २ मा १३ लाख ४७ हजार २ सय ३७ राजस्व सङ्कलन भएको छ भने वडा नम्बर १ मा १३ लाख ३० हजार ९ सय ३२ सङ्कलन भएको छ ।

यस्तै वडा नम्बर ५ मा ११ लाख ६७ हजार १ सय ११ रुपैयाँ, वडा नम्बर ६ मा ८ लाख ८४ हजार ४ सय ९१ रुपैयाँ, वडा नम्बर ४ मा ५ लाख ६६ हजार ३ सय १२ रुपैयाँ र वडा नम्बर ३ मा सबै भन्दा कम ५ लाख ५८ हजार ४ सय २२ राजस्व सङ्कलन भएको छ ।

व्यक्तिगत घटना दर्तालाई आधार मान्ने हो भने यस वर्ष असार २८ गते सम्म यस गाउँपालिकामा १ हजार ७५ जना नयाँ शिशु जन्मिएका छन् ।

यस्तै पालिकाका ३ सय ७१ जोडी विवाह बन्धनमा बाँधिएका छन् भने १२ जनाले सम्बन्ध विच्छेद गरेका छन् । यस पालिकाका २ सय २७ जनाले मृत्युवरण गरेका छन् भने ८ सय ५० जना बसाई सरी आएका र १ सय ३१ जना बसाई सरी गएका छन् ।

clock शनिबार ३०, असार २०८० ०७:४८

प्रतिक्रिया