वरिष्ठ साहित्यकार जोशी ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मानित

  शुक्रबार २९, असार २०८० १८:२४

धनगढी । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृति विद्ध पद्मराज जोशी प्रभात दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट सम्मानित हुनुभएको छ ।

लामो समय देखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट आज सम्मान गरिएको  हो । 

कोसी प्रदेश प्रमुख परशुराम खापुङले भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजित एक भव्य समारोह बिच नगद,दोसल्ला र सम्मान पत्रद्वारा जोशी लाइ सम्मान गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष समालोचक एवं साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

clock शुक्रबार २९, असार २०८० १८:२४

प्रतिक्रिया