धनगढीको लक्ष्मीनारायण मन्दिरले मनायो ४० औं स्थापना दिवस

  सोमबार १३, चैत २०७९ १८:३८

धनगढी । धनगढीको एलएन चोकमा रहेको लक्ष्मीनारायण मन्दिरले ४० औं स्थापना दिवस मनाएको छ । मन्दिरको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रमको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय देवराज जोशी र मन्दिरका प्रमुख आचार्य आबाल ब्रह्मचारी कविराज श्री १००८ देवराज आचार्य स्वामीजी महाराजले संयुक्त रुपमा उदघाटन गरेका छन । 

कार्यक्रममा मन्दिर स्थापनार्थ सुरुवात देखि गरिएको संघर्षका बारेमा विभिन्न वक्ताहरुले आआफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा प्रदेश प्रमुख लगायत गोदावरी धामका प्रमुख पदमराज जोशी, नेपाल सरकारका पुर्व सचीव बामन प्रसाद न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए ।

चैत १० देखि १४ गतेसम्म वार्षिकोत्सव मानाइने लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ। पाँच दिनसम्म चल्ने वार्षिकोत्सवमा रामभक्त हनुमानजीको उत्सव, कथा प्रवचन तथा भजन–कीर्तन गरिने मन्दिरका व्यवस्थापक हरिपसन्न न्यौपानेले बताए।

लक्ष्मिनारायण मन्दिर संचालक समितिका उपाध्यक्ष एबम उत्तराधिकारी स्वामी श्रीजगन्नाथाचार्यले स्वागत मन्तब्य राखेको कार्यक्रममा सहसचिव प्रदिप जोशीले धन्यवाद ज्ञापन, सचीव दिब्यराज लम्सालले समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रघुनाथ भट्टराईले आयब्यय प्रस्तुत गरेका थिए ।

clock सोमबार १३, चैत २०७९ १८:३८

प्रतिक्रिया