धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ९३ करोडको बजेट

  आइतबार १०, असार २०८० १७:२९

धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ । आइतबार बसेको नगरसभा बैठकमा उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षका लागि एक अर्ब ९३ करोड ८ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

रानाले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगत खर्चतर्फ तर्फ ७८ करोड ६५ लाख २७ हजार विनियोजन गरिएको उल्लेख गरिएको छ ।

उपहानगरपालिकाले खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आयबाट ३५ करोड ४३ लाख ३० हजार, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणबाट ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र चालु आर्थिक वर्षको दायित्व सरी आउने १२ करोड ५० लाख राखेको छ ।

clock आइतबार १०, असार २०८० १७:२९

प्रतिक्रिया