हवाई इन्धनको मूल्य घटेसँगै विमान कम्पनीहरुले घटाए भाडादर

  बिहिबार ०७, असार २०८० १०:१०

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन मूल्य घटाएसँगै वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन् । इन्धनको भाउ सस्तिएपछि हवाई वायुसेवा कम्पनील भाडा घटाएका हुन् ।

नेपाल नागरिक उड्न प्राधिकरणले पारित गरेको नयाँ मूल्यअन्तर्गत काठमाडौंबाट हुने हवाई सरचार्ज अधिकतम ४४५ रुपैयाँले घटेको छ ।

काठमाडौंबाट विभिन्न गन्तव्यमा हुँदै आएको नियमित उडानमध्ये धनगढी तर्फको हवाई सरचार्ज ४४५ रुपैयाँले घटेको हो। यसैगरी काठमाडौं–भरतपुर तर्फको सरचार्ज ११० रुपैयाँले घटेको छ ।

प्राधिकरणले दुर्गम क्षेत्रको भाडा दर पनि घटाएको छ । यसअघि प्रतिलिटर १६० रुपैयाँ रहेको हवाई इन्धन १० रुपैयाँले घटेर १५० रुपैयाँ कायम भएपछि इन्धन सरचार्ज घटेको हो ।

बुद्ध, यती, सौर्य, श्री, गुण, सीता, तारा, समिटलगायत वायुसेवा कमपनीले विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएका छन् ।

clock बिहिबार ०७, असार २०८० १०:१०

प्रतिक्रिया