नवजीवन सहकारीले सदस्यहरुलाई योगदानका आधारमा फिर्ता गरयो १ करोड ९५ लाख

  सोमबार ०४, असार २०८० १५:०४

धनगढी । नवजीवन सहकारी संस्थाले सहकारीसँग नियमित कारोवार गर्ने सदस्यहरुलाई योगदानका आधारमा  १ करोड ९५ लाख १८ हजार संरक्षित पुँजी फिर्ता गर्ने गरेको छ । आर्थिक बर्ष २०७८/०७९ को  को कारोवारका आधारमा सहकारीले आफ्नो खुद नाफाबाट सदस्यहरुले बचत र ऋणमा गरेको योगदानका आधारमा सदस्यहरुलाई उक्त रकम फिर्ता गरेको हो ।

सहकारीका महाप्रवन्धक डम्बर गुरुका अनुसार नवजीवनबाट ऋण लिएर नियमित  व्याज बुझाउने ५ हजार ३ शय २८ जनाले १ करोड १६ लाख ९१ हजार रुपैयाँ संरक्षित पुँजी  फिर्ता पाएका छन् । ऋण लिएर कारोवार गर्ने मध्य सबै एक जनाले  भन्दा बढी १ लाख ११ हजार र सबै भन्दा कम  २३ रुपैया पाएका छन् ।

त्यस्तै मुद्धति खातामा  बचत गरेकाहरुले योगदानका आधारमा ४५ लाख ६६ हजार १ शय ८ रुपैया पाएका छन् । संरिक्षत पुजी फिर्ता कोषबाट रकम पाउने मध्य एक जनाले सबै भन्दा बढी ६४ हजार ६ शय ४३  र सबै भन्दा कम ४२ रुपैया पाएका छन् ।

सहकारीका साधारण बचत गरेकाहरुले ३२ लाख ६० हजार रुपैयाँ संरक्षित पुजी फिर्ता कोषबाट योगदानका आधारमा रकम पाएका छन् । बचतका आधारमा रकम फिर्ता पाउने मध्य एक जनाले सबै भन्दा बढी १ लाख ६ हजार पाएका छन् ।

सदस्यहरुले संस्थामा गरेको निक्षेप संकलन र कर्जा लिएका आधारमा यसबाट सरक्षित पुँजी फिर्ता पाउँछन् । ऋण लिएकाहरु मध्य नियमित  ब्याज बुझाउनेहरुले  र  बचतकर्ताहरुले बचतको योगदानको आधारमा संरक्षित पुजी फिर्ता कोषबाट रकम फिर्ता पाउने गरेका छन् ।

महाप्रवन्धक  गुरुका अनुसार सहकारीसँग कारोवार गरेका २० हजार भन्दा बढी शेयर सदस्यले संरक्षित पुजी फिर्ता कोषबाट योगदानका आधारमा रकम पाएका छन् ।

नवजीवनका अध्यक्ष देब बहादुर बम सहकारी शेयर सदस्यहरुले गरेको बचत र लिएको ऋणको आधारमा संचालन हुने भएकोले सदस्यहरुले गरेको कारोवारबाट प्राप्त नाफा सदस्यहरुलाई संरक्षित पुजी फिर्ता कोषबाट दिइएको बताउँछन् । “सहकारीमा मात्र कारोवारको योगदानका आधारमा  पुजी फिर्ता पाइन्छ ।” अध्यक्ष बमले भने “सदस्यहरुले गरेको कारोवारबाट नै संस्था चल्ने भएकोले नाफा पनि शेयर गरेर सहकारीप्रति अपनत्व बोध गराइएको हो ।”    

गत पुसमा भएको नवजीनको साधारण सभाले आर्थिक बर्ष २०७८/०७९ को कारोवारका  आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट योगदानका आधारमा रकम दिने निर्णय गरेको थियो ।

संरक्षित पुजी फिर्ता कोषमा छुट्याइएको रकमको ६० प्रतिशत कर्जा लिएर असल ऋणी बनेकाहरुलाई  प्रदान गरिन्छ भने ४० प्रतिशत निक्षेपकर्ताहरुलाई प्रदान गरिन्छ ।  यसरी प्रदान गर्ने आधारमा बचतकर्ताहरुले प्राप्त गरेको व्याज र ऋणीहरुले प्रदान गरेको ब्याजलाई आधार मानिन्छ ।

  नवजीवनले गत आर्थिक बर्ष २०७८/०७९ मा गरेको खुद नाफा १० करोड ७९ लाखबाट २५ प्रतिशत रकम जगेडा कोषमा छुट्याएर बचेको रकमको २५ प्रतिशत संरक्षित पुँजी फिर्ता कोषमा छुट्याइएको हो । सीमित बैंकिङ कारोवारको अनुमति पाउने  नेपालकै  पहिलो सहकारी नवजीवनको स्थापना २०५१ सालमा भएको हो ।

clock सोमबार ०४, असार २०८० १५:०४

प्रतिक्रिया