डोटी जिल्ला ६३औं साक्षर जिल्ला घोषणा

  बिहिबार ३२, जेठ २०८० १७:१८

डोटी । डोटी जिल्लालालाई  साक्षर जिल्ला घोषणा गरीएको छ । उच्च अदालत दीपायलका न्यायधिस नृपध्वज निरौलाले  ६३ औं साक्षर जिल्ला घोषणा गरेसंगै  डोटी जिल्ला साक्षर जिल्ला घोषणा भएको हो । निरौलाले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुहुदै देशको विकासका लागि शिक्षाको ठूलो महत्व रहेको बताए ।

साक्षर जिल्ला घोषणाका लागि १६ देखि ६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ९५ पुगेका कारण जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । डोटी जिल्ला साक्षर घोषणा कार्यक्रममा बोल्नहुदैै न्यायधिस निरौलाले नेपाली जनताको शिक्षाको अवस्था राम्रो भए मात्र विकास र समृद्धिको कल्पना साकार हुने बताए  ।

लक्षित समुदायका ९५ प्रतिशतभन्दा बढी नागरिकले अंक र अक्षर लेखपढ गर्नसक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्थाअनुसार डोटीलाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समीति डोटीका प्रमुख लक्ष्मण सिहले बताए ।

डोटी जिल्लालाई साक्षर जिल्लाका रुपमा घोषणा गरीए पनि अधिकांश गाउँ र विपन्न बस्तीमा साक्षरता नभएको बेला गरिएको घोषणाले प्रश्न उब्जाउन सक्ने  दीपायल सीलगढी नगरपालीकाका नगर प्रमुख बाजि सिं खडका बिजयले बताए  ।

जिल्लालाई राम्रो बनाउनु र साक्षरता प्रतिशत देखाउनु सकारात्मक पक्ष भए पनि पूर्वाधार विनाको घोषणाले खासै अर्थ नराख्ने भएकाले यसको कार्यान्वयन चुनौतीपूर्ण देखिएको स्थानियको भनाइ छ । जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नु मात्रै ठूलो कुरा र उपलब्धि नभएको भन्दै यसको कार्यान्वयनमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने आवाज पनि उठेको छ ।

 अरूको अगाडि आफूलाई ठूलो देखाउनका लागि घोषणा कार्यक्रम सार्थक देखिए पनि १५ वर्षदेखि ५९ वर्ष उमेर समूहका लाखौँ नागरिक घोषणा कार्यक्रमपछि पनि अक्षर नचिनी निरक्षरको निरक्षर नै रहने चुनौती देखिएको छ ।

clock बिहिबार ३२, जेठ २०८० १७:१८

प्रतिक्रिया